
रुपन्देही, २ भदौ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताएका हुन् ।
सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए । प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यताविपरीत अगाडि बढेकाले संसद अवरोध हुन पुगेको उनको भनाइ थियो ।
उनले नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने आवाज संसदमा उठाउँदै आएकोमा सरकारले त्यसमा कुनै चासो नदिनु कहिँ न कहिँ संलग्नता भएको शंका उत्पन्न भएको उल्लेख गरे ।
उनले सरकार जति लम्बिन्छ त्यतिनै राष्ट्रलाई ठूलो घातक हुने दाबी पनि गरेका छन् ।
हेर्नुहोस् पूरा भिडिओ–















प्रतिक्रिया