२८ आश्विन २०८३, बुधबार

बागमतीमा डेंगु संक्रमितको संख्या बढ्दै, कुन जिल्लामा कति संक्रमित ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । बागमती प्रदेशमा डेंगु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप १३६ जना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा बढी ९० जना धादिङका रहेका छन् ।

यसैगरी, मकवानपुरका १४, काठमाडौं र चितवनका १२/१२ तथा ललितपुर र सिन्धुलीका ४/४ जना रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशभर डेंगु संक्रमितको संख्या ३ हजार ११९ पुगेको मन्त्रालयको तंथ्याक रहेको छ ।

प्रदेशमा संक्रमणको कारण हालसम्म २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।