३० आश्विन २०८३, शुक्रबार

कांग्रेस नेता चन्द्र भण्डारी डिस्चार्ज

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् ।

करिब छ महिनाअगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका भण्डारीले साउन ३१ गते छालाको प्रत्यारोपण गराएका थिए ।

प्रत्यारोपणका लागि गरिएको शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यद्यपि, बाहिरी सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा नजान डाक्टरहरूले सुझाव दिएका छन् ।

जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएकाले दागहरु निकालेर छाला प्रत्यारोपण गरिएको हो ।

उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्राडा बिडी झा, प्राडा शङ्करमान राई, डा किरण नकर्मी, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा विशाल कार्की डा प्रविन गिरी, डा सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा प्रज्वल श्रेष्ठ गरी ११ जनको चिकित्सको टोली उपचारमा संलग्न थिए ।

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो ।