सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनआरएनए उपमहासचिवमा कृष्ण गिरीको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० भदौ १ गते १५:४७

काठमाडौं, १ भदौ । एनआरएनए यूवा अभियन्ता एवं एनआरएनए आईसीसी पूर्व यूवा संयोजक कृष्ण गिरीले अक्टोबर २०२३ मा हुन गैरहेको गैरआवासीय नेपाली संघको महाधिवेशनमा उपमहासचिब पदमा उम्मेदवारी दिने भएका छन् ।

आफनो अनुभव, दक्षता, विज्ञतालाई संस्थाको पदिय जिम्मेवारीमा बसी योगदान गर्न सकिने बिश्वासका साथ नयां सोच र जोशसहित संस्थाको रुपान्तरणका लागि आफनो उम्मेदवारी रहेको गिरीले बताएका छन् । नेपाली डायसपोरामा रहेका अभियन्ता, अग्रज एवम् साथीहरुको सल्लाह सुझावपछि उपमहासचिव पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको गिरीले बताए ।

सन २०१३ मै एनआरएनए आईसीसीको यूवा संयोजक भएर कार्य गरेका उनले प्रवासमा रहेका दोश्रो पुस्तालाई नेपाल र नेपालीसंग जोडन गरेको ‘डलर १ कापी र कलम’ परियोजनाले त्यसताका निक्कै चर्चासहित सफलता पाएको थियो ।

एनआरएनएमा बोल्ने भन्दा बढी काम गर्नेको पहिचान बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आईसीसी सातौ क्षेत्रिय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माण आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा उल्लेखनिय एवं मुख्य कार्य सम्पादन गरेका छन् ।

गिरी सन २०११ देखि निरन्तर आईसीसी र एनसीसीका बिभिन्न समितिमा बसेर कार्यसम्पादन गर्दै आएका छन् । हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका उनि झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन् ।

विद्यार्थी जीवनदेखिनै राजनीतिमा जोडिएका गिरीमा त्रिचन्द्र क्याम्पस स्ववियूमा कार्य गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव रहेको छ । पेशालले इन्जिनीयर रहेका गिरीले संस्थाको आन्तरिक सुधार र नितिगत कार्यका लागि थप योगदन गर्न सक्ने स्पष्ट देखिन्छ ।

१० वर्ष भन्दा बढि समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभब संगालेका उनिमा डिजिट टेक्नोलोजि एवं आईटीमा समेत निपूर्णता रहेको छ ।

अष्ट्रेलियान राज्य सरकारको शिक्षा बिभागमा आईटी स्पेसलिष्टका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजिका माध्यमबाट जोडन भूगोलले छेक्दैन भन्ने अभियनमा समेत कार्य गरेका थियो ।

प्रतिक्रिया
सम्बन्धित