सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: रेशमकै समूहले प्रहरीको क्रुर हत्या गरेको ठहर, प्रहरीले गरेका थिए जीवनदानको याचना

दैनिक नेपाल २०८० साउन ३२ गते २३:०१

काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीनै दोषी भएको ठहर गरेको छ ।

सर्वोच्चले आज फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै रेशमको समूहले आठजना प्रहरीको ‘क्रुर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालले हत्या गरेको उल्लेख गरेको छ ।

हत्या गरिएका प्रहरीले जीवनदान माग्दा पनि लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको पुष्टि भएको पनि सर्वोच्चले उल्लेख गरेको छ ।

यस्तै अदालतले चौधरी माथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहाको विषयमा पनि गम्भीर प्रश्न उठाएको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य–मुख्य समाचार हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित