
काठमाडौं, ३२ साउन । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार यही साउन १ गतेदेख नै लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको हो ।
आज बिहीबार राजपत्रमा प्रकाशित मन्त्रालयको निर्णय अनुसार अब श्रमिकको न्यूनतम मासिक तलब १७ हजार ३०० रुपैयाँ र दैनिक पारिश्रमिक ६६८ रुपैयाँ हुने भएको छ ।
यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ र दैनिक पारिश्रमिक ५७७ रुपैयाँ मात्रै रहेको थियो ।
















प्रतिक्रिया