
काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरेको बताएका छन् ।
आज बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीकाविरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरङ्कुश प्रवृत्ति हो की भन्ने प्रश्न उठेको समेत बताएका हुन् ।
उनले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे । भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उनको भनाइ छ ।
उनले देश तस्करहरुको स्वर्गको रुपमा परिणत भएकाले यसलाई बन्द गर्न पनि अनुसन्धानलाई निष्कर्षमा पुर्याउनुपर्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया