२८ कार्तिक २०८३, शनिबार

भीमदत्त राजमार्ग ६ घण्टाका लागि बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । भीमदत्त राजमार्ग आज बिहीबार ६ घण्टाका लागि बन्द गरिने भएको छ ।

गएको २२ साउनमा आएको पहिरोका सडक भाँसिएको गोदावरी नगरपालिका-४ को बुढितोलामा मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिन लागिएको हो ।

पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिए पनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गरिन लागिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

उक्त क्षेत्रमा गाडी चले पनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिन तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइन लागिएको कार्यालयले जनाएको छ ।