३ कार्तिक २०८३, मंगलबार

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए ।

आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्ः

साथीहरु
जय नेपाल !!!
समय न हो निर्णायक जुन कसैको हातमा छैन !!! कोशिस न हो,सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ,
इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दैछ मेरो शरीर उपचार शैय्यामा केही समयमा !!!
भगवानसंग प्रार्थना ! सबैको आशीष त छँदैछ।
फेरि भेटौंला !!!
जय नेपाल !!!