२८ कार्तिक २०८३, शनिबार

ढुंगाले थिचेर एक महिलाको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३१ साउन । मकवानपुरको बकैया गाउँपालिका-१ धियाँलमा ढुंगाले थिचेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया-१ विजयडाँडा बस्ने ५१ वर्षीया रुपामाया लो रहेकी छन् ।

हिजो दिउँसो रुपा घरनजिकैको धियाँल डाँडास्थित जंगलमा गाईभैंसी चराउने क्रममा आराम गर्न ढुंगामाथि बसेका थिइन् । बसिरहेको बेला अचानक रुपा बसेकै ढुंगा पल्टिएर थिच्दा उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

रुपमालाई मृत अवस्थामा फेला पारेपछि स्थानीयहरुले अस्थायी प्रहरी पोष्ट धियाँलमा खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।