
काठमाडौं, ३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डल गनगाईलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री थापाले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मण्डललाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ ।











प्रतिक्रिया