३० आश्विन २०८३, शुक्रबार

ब्रिटिस कलेजले ‘चौथो ब्रिटिस कप–२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप–२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’ आयोजना गर्ने भएको छ ।

कलेजले यही अगष्ट १७ र १८ तारिख अर्थात् साउन ३१ र भदौ १ गते प्रतियोगिता आयोजनना गर्न लागेको हो । काठमाडौंको बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।

सन् २०१८ देखि कलेजले निरन्तर रूपमा आयोजना गर्दै आएको प्रतियोगितामा बिभिन्न कलेजहरूले सहभागिता जनाउने भएका छन् । यस पटक किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्ट्वेरिका, हेराल्ड केटीएम्, आर्ईएस्एम्टी, सिल्भर माउण्टेन, प्राइम्, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथा आयोजक ब्रिटिस कलेजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको बिजेताले १ लाख रूपैयाँ तथा उपविजेताले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगत अवार्डतर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले जनही १०–१० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

कलेजले प्रतियोगितालाई सभ्य र भब्य बनाउनको लागि बिभिन्न संस्थाहरूसँग सहकार्य गरेको छ । यस पटकको शीर्ष प्रायोजक ग्रेश इन्टरनेशनल कन्सलटेन्सी रहेको छ । त्यस्तै, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्श पार्टनरमा अरज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका छन् । मेमो गार्डन, रेड मुन, आँखी झ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेका छन् ।

प्रतियोगिताको बारेमा बोल्दै कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले टिमवर्क तथा स्र्पोर्टस्म्यानसिप बृद्धिको लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले भने, ‘फेरि पनि ब्रिटिस कपको आयोजना गर्न लाग्दा हामी पनि निकै उत्साहित छौं । यी दुई विशेषताहरू हाम्रो जीवनको हरेक चरणमा उत्तिकै आवश्यक छन् । त्यस्तै, कार्यक्रमलाई भव्य बनाउनको लागि सहकार्य गर्नुहुने सबै प्रायोजकहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । सो दिन सबैको उपस्थितिको अपेक्षा गर्दछौं ।’