१ कार्तिक २०८३, शनिबार

लाइभ प्रस्तुति दिन गायक अरिजीत सिंह पहिलो पटक नेपाल आउँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । विश्व प्रख्यात भारतीय गायक अरिजीत सिंह आफ्नो सांगीतिक प्रस्तुति दिन पहिलो पटक नेपाल आउने भएका छन् ।

आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले उनलाई नेपाल ल्याउन लागेको हो ।

उनको उपस्थितिमा आगामी मंसिर ९ गते शनिबार चाबहिलस्थि हायात ग्राउण्डमा ‘अरिजीत सिंह लाइभ इन नेपाल’ आयोजना हुने भएको हो ।

आफ्नो सुमधुर आवाज र सङ्गीतका धनी अरिजीत सिंह नेपाली स्रोता–दर्शकहरूमाझ पनि निकै रुचाइएका गायक हुन् । भारतीय पार्श्व गायकका रुपमा परिचित अरिजीत सिंह ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘खैरियत’, ‘अपना बना ले’ जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन् ।

ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनद्वारा आयोजित कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठूलो योगदान गर्ने विश्वास रहेको आयोजकको दाबी छ ।