सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: कक्षा १२ को नतिजा सुधार गुणस्तर कमजोर, ६० किलो मात्रै सुन बरामद

दैनिक नेपाल २०८० साउन ३० गते २०:१६

काठमाडौं, ३० साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। आज सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीहरूले आगामी असोजमा ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । त्यसका लागि आगामी असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रि परीक्षा बोर्डले जानकारी दिएको छ ।

सो परीक्षामा दुई विषयसम्म ननग्रेड ल्याएका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । यसैबीच, यस पटकको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा बोर्डले जनाएको छ ।

एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार पाँच सय ८४ रहेको छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

हेरौँ मंगलबार दिनभरका दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित