
काठमाडौं, ३० साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पथमा हिँडेका नेपाली कांग्रेसलगायत दलहरू सत्ताका लागि हदैसम्म गिरेको बताएका छन् ।
पार्टीका परराष्ट्र मामिला विभाग प्रमुख समेत रहेका डा. भट्टराईले ‘प्रचण्ड पथ’लाई शिरमा राखेर हिँडेका सत्ताधारी दलहरू अझै गिर्दै जाने टिप्पणी समेत गरेका छन् ।
‘प्रचण्डपथलाई शिरमा राखेर हिँडेका नेपाली कांग्रेसलगायत अरु सहयोगी दलहरू सत्ताका लागि कतिसम्म गिर्न सक्दा रहेछन भन्ने अहिले देखिँदैछ, अझ कति देखिने हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै, उनले प्रधानमन्त्री प्रचण्डलाई साथ दिने कांग्रेस लगायतका दलहरूप्रति कटाक्ष गर्दै भट्टराईले प्रचण्डका लागि कानूनी राज्य, शक्तिपृथकीकरण, न्यायिक निष्पक्षता, विधिको शासन आदि सत्ता नपाउँदा सम्मका लागि मात्रै भएको टिप्पणी पनि गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रचण्डका लागि कानुनी राज्य, शक्ति पृथकीकरण, न्यायिक निष्पक्षता, विधिको शासन आदि कुरा त सत्ता नपाउँदासम्मका लागि न हो ।’















प्रतिक्रिया