
काठमाडौं, ३० साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफूलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताएका छन् ।
आज मंगलबार काठमाडौंमा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन खोजेको बताएका हुन् ।
आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि माधव नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्दत गरेको अध्यक्ष ओलीले बताए । दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमा बसेर सरकार गिराउन भोट दिएको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले बामपन्थी चिन्तनलाई अहिले यथास्थीतिवादी प्रतिक्रियावादीहरूले सुन्न पनि नचाहेको बताए । साइनबोर्ड बामपन्थी राखेर स्वार्थ बोकेकाहरुले दक्षिणपन्थी झोला बोकेको उनले टिप्पणी गरे ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र बुझाइमा एकरुपता ल्याउन चूनौती रहेको भन्दै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया