
कैलाली, ३० साउन । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) कैलालीको अध्यक्षमा लक्ष्मी केसी निर्वाचित भएकी छन् ।
अध्यक्ष बाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्विरोध हुँदा अध्यक्षमा भने निर्वाचन भएको थियो । अध्यक्षमा ममता रावल र लक्ष्मी केसी उम्मेदवार थिए । रावललाई २८ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित भएकी हुन् । रावलले ४९ मत पाउँदा केसीले ७७ मत पाएकी थिइन् ।
उपाध्यक्षमा सरिता रावल थापा, नामसरा देवी नेपाली, सचिवमा निर्मला सञ्जाल, सह सचिवमा विना देवी चौधरी, कोषाध्यक्षमा तनु भण्डारी लिम्बु सर्वसम्मत भएका थिए ।













प्रतिक्रिया