
काठमाडौं, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश मणिपुरको साथमा रहेको बताएका छन् ।
७७औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश मणिपुरका जनताको साथमा रहेको बताए ।
उनले भनेः देश मणिपुरका जनताको साथमा छ । शान्तिपूर्ण रुपमा मात्रै समाधान खोज्न सकिन्छ । केन्द्र र राज्य सरकारहरू समाधान खोज्न सबै प्रयास गरिरहेका छन् ।
पछिल्लो केहि महिनादेखि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जातीय द्वन्द्व चलिरहको छ ।
स्वतन्त्र दिवसको अवसरमा मणिपुर हिंसाको बारेमा बोल्दै प्रधानमन्त्री मोदीले पछिल्लो दिनहरुमा मणिपुर शान्ति बनेको र शान्ति बनाइराख्न अपिल गरे ।















प्रतिक्रिया