
काठमाडौं, २९ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा सुरूदेखि नै नाम जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई अनुसन्धानको दायरामा ल्याउने कि नल्याउने भन्नेबारे सत्ता गठबन्धन दलहरूबीच छलफल भएको छ ।
आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरूबारे छलफल भएको हो । सुन तस्करी प्रकरणबारे एमालेले माग गरिरहेको ‘उच्चस्तरीय छानबिन आयोग गठन’बारे छलफल गर्न बसेको बैठकमा सहभागी गृहमन्त्री नारायणकाजी श्रेष्ठले महराका बुबा–छोराबारे ब्रिफिङ समेत गरेका छन् ।
बैठकमा गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको विषयमा छानबिनको प्रक्रियामा रहेको जानकारी दलहरूलाई गराएका छन् ।
यस्तै, बैठकमा ललिता निवास प्रकरणबारे पनि छलफल भएको बताइएको छ ।















प्रतिक्रिया