
काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलायमान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज सोमबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निकायका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले आमजनमानसलगायत निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार गम्भीर भएको समेत बताएका छन् ।
पर्यटन क्षेत्र, रेमिट्यान्सलगायत अन्य गतिविधि बढे पनि मनोबल बढ्न नसकेको अवस्थामा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।

छलफलका क्रममा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सर्वसाधारणको मनोबल बढाउनेगरी कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको उनले जानकारी दिए ।
अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अहिले अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलायमान हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग छलफल गरेका हुन् ।















प्रतिक्रिया