
काठमाडौं, २९ साउन । नेकपा एमालेले सबै प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौ १६ गतेदेखि सुरू गरी असोज २२ गते सम्पन्न गर्नेगरी आठवटै प्रदेशको अधिवेशन मित तय गरेको हो ।
जस अनुसार लुम्बिनी प्रदेशको अधिवेशन सबैभन्दा पहिला भदौ १६, १७ हुनेछ भने सुदूरपश्चिम प्रदेशको अधिवेशन सबैभन्दा पछि असोज २१ र २२ मा हुनेछ ।
यस्तै, असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशनको मिति तय भएको छ । असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश तथा १९ र २० गते उपत्यका विशेष प्रदेशको अधिवेशन मिति तोकिएको छ ।
सबै प्रदेश अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।















प्रतिक्रिया