३ कार्तिक २०८३, मंगलबार

कर लगाएर सुन आयात गर्न दिनुपर्छ: शेरबहादुर देउवा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताएका छन् ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले सुनमाथि प्रतिबन्ध लगाउँदा पनि तस्करी नरोकिएको भन्दै कर लगाएर आयात खोल्नुपर्ने बताएका हुन् ।

‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ,’ देउवाले भने ।

नेपालमा बाणिज्य बैंकहरूले मात्रै दैनिक १० केजी सुन ल्याउन पाउने व्यवस्था छ ।