
काठमाडौं, २९ साउन । दुई दिनदेखिको लगातार वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीले धादिङ र गोर्खा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
नदीको बहावले पुल नाघेपछि पुलका डेकहरु बगाएको छ भने पुलबाट आवतजावत गर्न नमिल्ने भएको छ । जसले गर्दा गोर्खाको गण्डकी गाउँपालिकास्थित भुम्लीचोकका स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।











प्रतिक्रिया