१ कार्तिक २०८३, आइतबार

बङ्गलादेशमा आएको बाढीमा परी ५५ जनाको मृत्यु, १० लाख बढी प्रभावित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बङ्गलादेश, २९ साउन । दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

बाढी पहिरोका कारण अगष्ट १ पछि अहिलेसम्म कक्स बजारमा २१ जना, चटगाउँमा १९ जना, बन्दरबनमा १० जना र रङ्गमतीमा पाँच जनाको मृत्यु भएको चार जिल्लाका प्रशासकहरूले बताएका छन् ।

बङ्गलादेशको मौसम विभागका प्रमुख अजिजुर रहमानले भने, ‘यो वर्ष पछिल्ला केही वर्षहरूमाभन्दा भारी वर्षा भउको छ ।’ उनका अनुसार अगस्ट ७ मा मात्रै ३१२ मिलिमिटर (१२ इन्च) वर्षा भएको थियो ।

अधिकारीहरूका अनुसार यस क्षेत्रमा अगस्ट ११ सम्म भारी वर्षापछि विशाल बाढी आएको थियो जसका कारण नदीहरू धार परिवर्तन गरी र वस्तीमा प्रवेश गरेका र यसबाट देशभर सयौं गाउँहरू डुबानमा परेका थिए । बाढीको पानी घट्न थालेपछि कति जनाको मृत्यु भयो भन्ने यकिन गर्न मात्र सम्भव थियो ।

ग्रीष्मकालीन मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको लगभग ८० प्रतिशत पानी पार्दछ । वर्षासँगै आउने बाढी र पहिरोका कारण मृत्यु र विनाश निम्त्याउँछ ।

बङ्गलादेशमा वर्षाको पूर्वानुमान निकै कठिन मानिन्छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मनसुनलाई बलियो र अनियमित बनाइरहेको छ । वन फँडानी र पहाडहरूमा भएका निर्माणजन्य गतिविधिले बाढी र डुवानको प्रभाव अझ खराब बन्ने गरेको छ । एएफपी