२८ कार्तिक २०८३, शनिबार

कांग्रेस संसदीय दलको बैठक आज पनि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सोमबार पनि बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुने बताइएको छ ।

हिजो आइतबार बसेको बैठकमा धारणा राख्ने अधिकांश कांग्रेस सांसदहरूले एक क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा कांग्रेस सांसदहरू शेखर कोइराला, प्रदीप पौडेललगायतका नेताहरूले निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका थिए । दलको बैठकमा आइतबारसम्म ५० जना सांसदहरूले धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोध अन्त्य गर्न र संसद सुचारु गर्ने बारेमा छलफल भएको कांग्रेसले जनाएको छ ।