
काठमाडौं, २९ साउन । जनमत पार्टीको तर्फबाट अनितादेवी साहले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिँदै छिन् ।
बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमतकी साह मन्त्री बन्न लागेकी हुन् ।
हिजो आइतबार बसेको माओवादीको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
चार महिना अघि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बनेका थिए । तर मन्त्रिमण्डल पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि खानले राजीनामा दिएका थिए ।











प्रतिक्रिया