आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

दैनिक नेपाल २०८० साउन २९ गते ६:०३

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि आइतबार घर फर्किएका छ् ।

कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी मन्त्री क्वार्टर पुल्चोक फर्किएको उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले जानकारी दिए । अस्पतालमा रहँदा मन्त्री गुरुङलाई त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित