
काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।
जनमत पार्टीकी अनिता देवीलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा माओवादीले मन्त्री मोदीलाई फिर्ता बोलाएको हो । जिम्मेवारीप्राप्त मन्त्रालयमा प्रभावकारी ढंगबाट काम अगाडि बढाइरहेका मन्त्रीलाई माओवादीले फिर्ता बोलाएको हो ।
मोदीको ठाउँमा मन्त्री बन्न लागेकी अनितादेवीले भोलि सोमबार पद तथा गोपनीयताको सपथ लिने तयारी छ ।
यस्तै, नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको विभिन्न घटनाक्रमहरूले पुुष्टि गरेको दाबी गरेको छ । उच्चस्तरीय छानबिन समिति बनाउने कुरा उठाउँदा नै सरकार तर्सिन थाल्नु र सम्बन्धित मन्त्रीहरूले नैतिकता प्रदर्शन नगर्नुबाट सरकार तस्करीमा संलग्न रहेको पुष्टि हुने एमालेको भनाइ छ ।















प्रतिक्रिया