३० आश्विन २०८३, शुक्रबार

केपी ओलीलाई भेट्न बालकोट पुगिन् ऋषि धमलापत्नी एलिजा गौतम

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम बालकोटस्थित ओली निवासमा पुगेकी छिन् ।

सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी गौतमले एमाले अध्यक्ष ओलीसँग भेट गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्बीरहरू पोस्ट गरेकी छिन् ।

तस्वीरको साथमा उनले लेखेकी छिन्, ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुबासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुबाले दर्शाउनुभएको सद्भाव, माया, आर्शीवाद, प्रेरणा, ऊर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु । आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ । बुबासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नाका साथै फलदायी बन्नेछ ।’