
काठमाडौं, २८ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका बुबा–छोरालाई अनुसन्धानको दायरामा नल्याउँदा सरकारको नियतमाथि नै प्रश्न उब्जिएको बताएका छन् ।
पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले सुन तस्करी प्रकरणमा महरा र उनको छोराको संलग्नताबारे स–प्रमाण तथ्य सार्वजिनक हुँदा समेत छानविनको घेरामा नआउनुले प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि पनि प्रश्न उठ्नु स्वाभाविक भएको बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको प्रशंसा भइरहँदा यो प्रश्नको निराकरण आवश्यक रहेको उनको भनाइ छ ।















प्रतिक्रिया