३० आश्विन २०८३, शुक्रबार

क्यानका केन्द्रीय सचिवमाथि मोबिल छ्याप्ने दुईजना पक्राउ, अरु पनि पक्राउ पर्न सक्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ साउन । नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो तरल पदर्थ (मोबिल) छ्याप्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु आज अपराह्न हेटौंडाको नवलपुर र मयुरधापबाट पक्राउ परेका हुन् ।

घटनाको अनुसन्धान भइरहेकोले घटनामा संलग्न अरु थप पनि पक्राउ पर्न सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याइँदैछ ।

हिजो शनिबार क्रिकेट संघ मकवानपुरको आठौं वार्षिक साधारणसभा सकेर खाना खाने क्रममा पाठकमाथि तीन जना युवाहरुले कालो तरल पदर्थ छ्यापेर भागेका थिए ।

क्यान सचिव पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । पाठकमाथि दुर्व्यवहार भएको भन्दै क्यानले विज्ञप्ति जारी गर्दै मोबिल छ्याने युवाहरुलाई कारबाही गर्न माग गरेको छ ।