३ कार्तिक २०८३, मंगलबार

माओवादीको पदाधिकारी बैठक जारी, एकजना मन्त्रीलाई फिर्ता बोलाउन सक्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले जारी छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । बैठकमा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका एकजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् । जसअनुसार बैठकले फिर्ता बोलाउने निर्णय गर्न सक्ने बताइएको छ ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् ।

प्रचण्डले पर्यटनमन्त्री सुदन किराती र सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एकजनालाई फिर्ता बोलाउने तयारी गरेका हुन् ।