३ कार्तिक २०८३, मंगलबार

सुनिल शर्मालाई अर्थमन्त्रीको चुनौती- तस्करीमा मेरो संलग्नता प्रमाणित गर्नुस्, पदमा बस्दिँन

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

आइबार बसेको काँग्रेस संसदीय दलको बैठकमा आफ्नै पार्टीका सांसद सुनिल शर्माको नाम नलिइ आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

काँग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै राजीनामा माग्दै आएका थिए ।

‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ बस्दिनँ,’ उनले भने ।

मन्त्री महतले आरोपबारे आफूलाई नभनेको र बाहिर भन्दै हिँडेको भन्दै असन्तुष्टि जनाए । उनले शर्माको हर्कत अनुशासन विपरित रहेको टिप्पणी गरे ।