
काठमाडौं, २८ साउन । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी ३६ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टीको युवा संघ अनुसाशन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का, युवा संघ भक्तपुरका अध्यक्ष रञ्जन मोहन सैजु, अनेरास्ववियू भक्तपुरका अध्यक्ष सञ्जिव लामिछाने, सूर्यविनायक नगर कमिटीका अध्यक्ष सुमित श्रेष्ठलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । कार्यक्रममा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजा र उपाध्यक्ष बासुदेव थापालगायत नेताहरूको सहभागिता थियो ।

पार्टी प्रवेशपछि दिपक थापाले भने, ‘विगतमा हामी केही लहडमा लागेकाले नेकपा एस रोज्न पुग्यौँ । जसले नेकपा एमाले विभाजनको पुष्टि अहिलेसम्म पनि गर्न सकेको छैन । पछिल्लो समय यो पार्टीभित्र विभिन्न समस्या देखिन थालेपछि हामी युवाहरूले त्यहाँ हाम्रो भविष्य देख्न छाड्यौँ र पुरानै घरमा फर्किएका हौँ । आउँदा दिनमा अझै धेरै साथीहरू नेकपा एमालेमा प्रवेश गर्ने तयारी भइरहेको छ ।’
प्रवेश गर्नेहरूको विवरण–
१. दिपक थापा
२. तेजबहादुर श्रेष्ठ
३. युवराज खड्का
४. रञ्जन मोहन सैजु
५. श्याम खड्का
६. उज्ज्वल महत
७. विवेश वैद्य
८. सञ्जिव लामिछाने
९. सुमित श्रेष्ठ
१०. विजेन्द्र
११. सौरभ बस्नेत
१२. पुनित सैजु
१३. कृष्ण भण्डारी
१४. निजेन सुज्ञरतु
१५. रञ्जन ठिमी
१६. साजन
१७. रैजिन कोजु
१८. सुवास गोसाई
१९. सुमन गोसाई
२०. सोरेश गोन्छा
२१. निरोज कायस्थ
२२. सुमन बसुकला
२३. रविन मस्यारण्वा
२४. रोशन श्रेष्ठ
२५. मनिस सैजु
२६. आसिन कोजू
२७. राजेश कोजू
२८. एलिस कुस्मा
२९. रुविन चौगुठी
३०. किरण सितीखु
३१. सागर बराल
३२. कपिल लाखजू
३३. आशिष शिजखु
३४. राज नकर्मी
३५. इसान श्रेष्ठ
३६. आसिन कोजू















प्रतिक्रिया