३० आश्विन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक सुरू गर्‍यो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमै पहिलोपटक अफलाइन ‘ट्याप एन्ड पे’ सेवा ल्याएको छ ।

बैंकले ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरी मोबाइल बैंकिंग एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सञ्चालनमा ल्याएको बताएको हो ।

टोकनाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिइएको बैंकको भनाइ छ । यसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले जनाएको छ ।

बैंकले यो सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित् मर्चेन्टहरुबाट पीओएसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने बताइएको छ ।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने र सेवा प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

बैंकले एफवानसफ्ट इन्टरनेसनल, नेपाल क्लियरिङ हाउस लिमिटेड र सिटिटेकसँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको बताएको छ । बैंकले टोकनाइजेसलाई बिस्तारै अन्य प्रोडक्ट तथा सर्भिसहरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।