३० आश्विन २०८३, शुक्रबार

भीमफेदीको भैँसेमा पहिरोले दुई घर पुरियो, त्रिभुवन राजपथ अवरुद्ध

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित भैँसेमा वर्षासँगै पहिरो जाँदा दुई घर पुरिएको छ ।

आज शनिबार दिउँसो त्रिभुवन राजपथअन्तर्गत भैँसे सडकनजिकै रहेको दुई वटा घरमा पहिरोले पूर्ण क्षति गरेको प्रहरीले जनाएको छ ।

पहिरोले स्थानीय ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएको २ वटा कच्ची घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार घटनामा मानवीय र पशु चौपायाको भने क्षति भएको छैन् ।

पहिरोको कारण हेटौंडा भैंसे पालुङ नौबीसे हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ भने अवरुद्ध भएको छ ।