२८ कार्तिक २०८३, शनिबार

गृहमन्त्री श्रेष्ठको बकवासपूर्ण स्टन्टबाजी र पद दुबैको दिनगन्ती सुरू: सूर्य थापा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । नेकपा (एमाले)का नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्ने कांग्रेस सांसद सुनिल शर्मालाई प्रतिशोधपूर्ण तवरले पक्राउ गरेको भन्दै आलोचित बनेका गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएको थापाको दाबी छ ।

‘क्वीन्टल सुन तस्करी प्रकरणका संरक्षक गृहमन्त्री नारायणकाजी श्रेष्ठको बकवासपूर्ण स्टन्टबाजी र पद दुबैको दिनगन्ती सुरू भएको छ ! उनी राजीनामा गरेर नहटे वा नहटाइए पुष्पकमल दाहाललाई नै सत्ताच्यूत गरिनु अनिवार्य हुनेछ । तसर्थः उनी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसके ।’ नेता थापाले फेसबुकमा लेख्दै भनेका छन्, ‘खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको तथ्य स्पष्ट भएको छ । सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसकेको स्पष्टै छ । काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट आजै रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको छ ।’

यस्तो छ थापाको फेसबुक स्टाटसः

क्वीन्टल सुन तस्करी प्रकरणका संरक्षक गृहमन्त्री नारायणकाजी श्रेष्ठको बकवासपूर्ण स्टन्टबाजी र पद दुबैको दिनगन्ती शुरू भएको छ! उनी राजीनामा गरेर नहटे वा नहटाइए पुष्पकमल दाहाललाई नै सत्ताच्यूत गरिनु अनिवार्य हुनेछ। तसर्थ: उनी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसके। खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको तथ्य स्पष्ट भएको छ। सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसकेको स्पष्टै छ। काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट आजै रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको छ। खासमा जनमतबेगरका नारायणकाजी निर्लज्जतापूर्वक ‘उत्तर कोरिया’ र ‘पाकिस्तान’को मोडेलमा सत्तादुरुपयोग र भजनमण्डली परिचालनामा सक्रिय रहेको पोल नराम्रोसँग खुलेको छ। उनले प्रतिनिधिसभामा आएर सुनिल शर्मासहित जननिर्वाचित सांसदहरूसँग अब कसरी नजर जुधाउन सक्लान् ?
नैतिकहराम कदमको विचरा परिणाम।