शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : सत्ता पक्षबाटै भयो संसद अवरोध, क्यान्टोनमेन्ट घोटाला छानबिन हुनुपर्ने

दैनिक नेपाल २०८० साउन २६ गते २१:४५

काठमाडौं, २६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो केही दिनयता संसद चल्न दिएको छैन ।

एमालेले संसद चल्न नदिएको भन्दै सत्ता पक्षका सांसदहरूले पनि सदनको अवरोधलाई सघाउ पुर्‍याउँदै होहल्ला र नाराबाजीको शैली अपनाउन थालेका छन् । प्रतिपक्ष दलका नेताहरूले सुन तस्करी प्रकरणबारे कुरा राखिरहँदा त्यसलाई रोक्न वा ढाकछोप गर्न सत्ता पक्षका सांसदहरूले ‘सदन चल्न दिनुपर्छ’ भन्दै हो–हल्ला गरेर विषयान्तर गर्न खोजिरहेका छन् ।

यसबाट सरकार, सरकारमा संलग्न व्यक्ति र सत्तारुढ दलका नेताहरू आत्तिको पुष्टि भइरहेको कतिपयको बुझाइ छ ।

यसैबीच पूर्व माओवादी नेता एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संसदमा एमालेले गरेको माग जायज भएको तथा माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

यस्तै शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा हिजो पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनील शर्मा आज रिहा भएका छन् । उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै रिहा गरिएको हो । तर, उनीसँगै पक्राउ परेका अन्य सात जना अझै थुनामै छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

(नोट: हाम्रो यो बुलेटिन तयार पार्दासम्म सांसद शर्मा थुनामै रहेकाले ‘पक्राउ’ उल्लेख गरिएको हो ।)

प्रतिक्रिया
सम्बन्धित