३० आश्विन २०८३, शुक्रबार

सत्ता हल्लिएपछि गम्भीर अभियोगमा पक्राउ परेका सांसद शर्मा एकैदिनमा रिहा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा हिजो बिहीबार पक्राउ परेका सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनील शर्मा एक दिनमै रिहा भएका छ न् ।

मेडिकल कलेज सञ्चालक समेत रहेका कांग्रेस सांसद डा शर्मामाथिको अभियोगबारे कुनै टुंगो नलाग्दै आज शुक्रबार साँझ उनलाई थुनामुक्त गरिएको हो ।

अदालतले ‘तारेखमा राखेर अनुसन्धान गर्नु’ भन्ने आदेश गरेपछि उनलाई रिहा गरिएको प्रहरीको भनाइ छ ।

सांसद शर्मालाई पक्राउ गरेपछि प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएसँगै सरकारले रिहाइको वातावरण बनाएको बताइएको छ ।

सुन तस्करीविरुद्ध बोलेको र वर्तमान सरकारका गृह र अर्थमन्त्रीको राजीनामा माग गरेर बारम्बार संसदमा आवाज उठाउँदै आएका उनलाई सरकारकै तजविजमा पक्राउ गरिएको चर्चा भइरहेको छ ।

शर्मासँगै यो प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने रिहा भएका छैनन् । सांसद शर्मा भने सक्तिका आडमा तत्काल रिहा भएका छन् ।

उनी पक्राउ परेसँगै नेपाली कांग्रेसले सरकार छाड्नसक्ने र वर्तमान सरकार ढल्न सक्नेसम्मको खतरा सृजना भएको थियो । यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर अभियोग लागेका सांसद शर्मालाई तत्काल रिहा गरेर सरकारको जग मजबुत बनाउने प्रयत्न गरेका छन् ।

कक्षा १२ शैक्षिक प्रमाणपत्र नक्कली रहेको तथा आफैंले अंक थपेको आरोप सांसद शर्मालाई लागेको छ ।