३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा मन्त्रीको राजीनामा माग्ने सांसदलाई पक्राउ गरियो : केपी ओली

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिका विरुद्ध बोलेकै कारण सांसद सुनील शर्मालाई पक्राउ गर्ने काम भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गर्ने काम भएको बताएका हुन् ।

सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको अध्यक्ष ओलीको भनाइ छ । दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको आरोप उनको छ ।

त्यस्तै अध्यक्ष ओलीले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरुले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताउनुभयो ।