
काठमाडौं, २६ साउन । संखुवासभा जिल्ला कारागारमा दुईजना कैदी बन्दीको मृत्यु भएको प्रकरणमा १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।
घटनाका बेला ड्युटीमा रहेका प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।
प्रहरीले प्राप्त सीसीटिभी फुटेजमा ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई लछारपछार पार्दै कुटपिट गरेको देखिएको छ । ड्युटीमा रहेका प्रहरीसँगै कुटपिटमा संलग्न नौ जना कैदीलाई पनि नियन्त्रणमा लिइएको छ ।
बुधबार बिहान मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामी कारागारमा मृत फेला परेका थिए ।















प्रतिक्रिया