३० आश्विन २०८३, शुक्रबार

तीर्थबहादुर पुनमाथि खुकुरी प्रहार गर्ने ६ जना व्यक्ति १४ दिनपछि पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २५ साउन । दाङको घोराही उपमहानगरपालिका–१८ बस्ने तीर्थबहादुर पुनमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने ६ जनालाई प्रहरीले १४ दिनपछि हिजो बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बंगलाचुली गाँउपालिका–१ जुम्लेपानी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष २० का देबेन्द्र कवर मगरसहित १५ देखि १७ वर्षका किशोरहरू छन् । उनीहरू सबै दाङनिवासी नै रहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

उनीहरूले यही साउन १० गते दाङको घोराही उपमहानगरपालिका–१८ शङ्खेपीपल नजिक लाहुरेडाँडा बस्ने नरबहादुर पुनका छोरा वर्ष १८ का तीर्थबहादुर पुनमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पुनलाई वडा प्रहरी कार्यालय घोराहीले फेला पारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको थियो । त्यसपछि साउन ११ गते उनलाई थप उपचारमा लागि केडिकल कलेज भैरहवा रिफर गरिएकामा पुन अहिले उपचाररत अवस्थामा छन् ।

घाइते पुनको टाउको, अनुहारमा गहिरो चोट लाग्नाका साथै बाँया हातको कान्छी औँलाबाहेक सबै औँलाको हड्डी काटिएको छन् ।
पक्राउ परेकाहरूमाथि अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।