
काठमाडौं, २५ साउन । नेकपा एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले कोशी प्रदेशको सन्दर्भमा एमालेले कुनै शर्तबन्दी नगर्ने बताएका छन् ।
आगामी निर्वाचनमा बहुमत दिए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै नेम्वाङले एमाले जनताको हितमा दृढतापूर्वक उभिएको र प्रदेशको नामका विषयमा भने कुनै शर्तबन्दी नगर्ने बताएका हुन् ।
विश्व आदिवासी दिवसको अवसरमा आज नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा उनले एमालेकै नेतृत्व र पहलमा धर्म निरपेक्षतासहितको समावेशिता र समाजवादउन्मुख संविधान जारी भएको दाबी समेत गरेका छन् । यस्तै उनले जनतालाई सबै खालका विभेदबाट मुक्त गराउने भरपर्दो साथी नेकपा एमाले भएको जिकिर पनि गरेका छन् ।
देश साँच्चिकै धर्म निरपेक्ष भएको अनुभूत गर्न तथा विभिन्न जाति, भाषा र संस्कृतिको संरक्षण गर्नका लागि सबै धर्मावलम्बीको संस्कार र पर्व राज्यले मनाइदिने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । यसबाट राष्ट्रिय एकता धेरै बलियो हुने विचार उनले व्यक्त गरे ।















प्रतिक्रिया