
काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
सीआईबीले उनलाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिएको छ । शर्माले प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाइएको छ ।
प्लस टु को प्रमाणपत्रमा उनी आफैँले नम्बर थापेको पाइएको छ । शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
यसैबीच, सांसद सुनिल शर्माको पक्राउबारे सीआईबीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।
संसद् सचिवालयलाई पत्र पठाउँदै पक्राउबारे जानकारी दिएको हो ।















प्रतिक्रिया