
काठमाडौं, २४ साउन । संखुवासभा कारागारमा दुई जनाको मृत्यु भएको छ ।
कैदी बन्दीबीच झडप हुँदा उनीहरूको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामी र मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय बिनोद तोलङ्गी रहेका छन् ।
बुधबार बिहान दुई बजे शौचालयको रड काटेर भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुन कारागारमा राखेका थिए । त्यसपछि करिब पाँचबजे कारागारमा हल्लाखल्ला मच्चिएको र प्रहरी पुगेर हेर्दा उनीहरू गम्भीर अवस्थामा घाइते फेला परेका थिए ।
उनीहरूलाई कैदी कर्मचारीले कुटपिट गरेको स्रोतले बताएको छ । कुटपिटमा ९ जना संलग्न रहेको बताइएको छ ।
उनीहरूलाई अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । घटना शंकास्पद रहेको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया