३ कार्तिक २०८३, मंगलबार

दोलखामा पहिरोले पुर्दा बालकको मृत्यु, अन्य ३ जना भागेर बाँचे

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु भएको छ।

बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो। तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ।

उनी गएराति माछा मार्न तामाकोसी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुईजनाको ज्यान गएको थियो।

पहिरोमा परेर दुई जना अझै बेपत्ता छन्।