३० आश्विन २०८३, शुक्रबार

वरिष्ठ पत्रकार झलक गैरेलाई नाइस अवार्ड प्रदान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २३ साउन । वरिष्ठ पत्रकार झलक गैरैलाई नाइस अवार्ड–२०२३ प्रदान गरिएको छ ।

सकारात्मक समाज निर्माणमा योगदान पुर्‍याउनेलाई प्रदान गरिने अवार्ड यस वर्ष गैरेलाई प्रदान गरिएको हो ।

नाइस नेपालगञ्जको चौथो वार्षिकोत्सब तथा साधारणसभाको अवसरमा आज मंगलबार नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार गैरैलाई दश हजार रुपैयाँ नगदसहित सो अवार्ड प्रदान गरिएको हो ।

समाजमा असल कार्य गर्ने, राम्रो कामको बढावा गर्ने व्यक्तिलाई प्रदान गरिने नाइस अवार्ड सांसद डा. धवल शमशेर राणालगायत अतिथिले गैरेलाई प्रदान गरे ।

यस्तै, संस्थाको बिकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नाइस नेपालगञ्जका संस्थापक अध्यक्ष नमस्कार शाहलाई सम्मानित गरिएको छ ।

नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा संस्थालाई सहयोग सहकार्य गर्ने सामाजिक अभियान्ता शिवकुमार बर्मा, होटेल सामर्थ इनका प्रमुख सरोज चन्द, मलह्मपट्टीका कार्यकारी निर्देशक सुलभ आचार्य, राप्ती सोनारी तथा नरैनापुर गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका वडा न २१ र ६ लाई प्रशंसापत्र प्रदान गरिएको थियो ।