३० आश्विन २०८३, शुक्रबार

भुटानको पारोलाई हराउँदै मछिन्द्र फुटबल क्लब दोस्रो चरणमा (फोटो फिचर)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

भुटानको पारो एफसीलाई ३–२ ले हराउँदै मछिन्द्रले पहिलो पटक दोस्रो चरणको यात्रा तय गरेको हो ।

मछिन्द्रका लागि विमल घर्ती मगर, आयुष घलान र अ‍ोलावाले आफिजले १–१ गोल गरे । यसअघिको संस्करणमा श्रीलंकाको ब्लु स्टारसँग पराजित भएको मछिन्द्रले यसपटक भने जित दर्ता गर्‍यो ।

मछिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । खेल साउन ३१ गते बुधबार कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ ।

यो खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इंगल्सको विजेतासँग खेल्नेछ ।