
सल्यान, २३ साउन । आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।















प्रतिक्रिया