
काठमाडौं, २२ साउन । सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोलको तिज गीत सार्वजनिक भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गीत ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोल्को गीत सार्वजनिक गरिएको हो ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएकोमा कार्यक्रममा बोल्दै पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिकरण बन्दै गएका संस्कार संस्कृतिलाई यस गीतले सकारात्मक सन्देश दिने बताए ।
‘तिज पर्वको जुन मर्म थियो, त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो पनि निकै पाइन्छ, त्यसैले तिजलाई कसरी सामान्य रूपमा मनाउने र संस्कृति संरक्षणको सवालमा कसरी जोड्न सकिन्छ भन्ने हिसावले गीतले केही सन्देश दिएको छ,’ अध्यक्ष केसीले भने ।
परम्परादेखि नै पश्चिम भेगमा गाउने तिज गीतहरूमा चेलीका बेदना पस्कने एउटा महत्वपूर्ण माध्यमको रूपमा लिइएको पर्वमा गाउने गरेका शब्दहरूलाई संकलन गरेर एउटा इतिहासमा अभिलेखीकरण गर्नका लागि भोलीका दिनमा हामीले हाम्रा पुराना भाका खोज्दा देख्न सक्ने गरि महत्वपूर्ण काम भएको उनको भनाइ छ ।

‘कला संगीत र यस क्षेत्रको संस्कृति संरक्षणका लागि यो महत्वपूर्ण कदम हो, केसीले भने, ‘कला गीतसंगीत र संस्कृतीसँग पहिचान जोडिएर आउने भएकाले यस गीतका लय शब्दले यस क्षेत्रको पहिचान दिने खालका प्रस्तुतीहरूले सिंगो राप्ती क्षेत्रलाई चिनाउन मद्दत गर्नेछ ।’
कार्यक्रममा साहित्यकार एवम् पत्रकार बसन्त विवस आचार्यले तिज गीतले ठूलो भाव बोकेको र यसले दुईवटा पुस्ताको द्वन्द्वलाई देखाउन खोजिएको बताए । उनले यस गीतले निम्न वर्गमा मान्छेहरू पनि तिज मनाउन र रमाउन सक्छन भन्ने सन्देश दिएको तर्क गरे ।
गीतमा टीका पुनको स्वर रहेको छ । गीतको भिडियोमा मोडेल आरुसी मगर र मनकुमारी विक लगाएतको अभिनय रहेको छ । दिपक कुमालको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई झग्गु भण्डारीले निर्देशन गरेका हुन् ।
चलचित्र पत्रकार संघ दाङ शाखाका कोषाध्यक्ष भुपेस ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् ।















प्रतिक्रिया